मङ्लबार, बैशाख ११, २०८१

मित्रराष्ट्र चीनको तर्फबाट अनुदानमा प्राप्त कोभिड विरुद्धको खोप काठमाडौं आइपुग्यो

काठमाडौं जेठ १८
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा मित्रराष्ट्र चीनका समकक्षी राष्ट्रपति सी जिनपिङले अनुदानमा उपलब्ध गराएको सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोपको १० लाख डोज मध्ये ८ लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।

सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट अनुदानमामा प्राप्त उक्त परिमाणको खोप आज काठमाडौं ल्याइपु- याएको हो ।

नेपाल आइपगेको सो खोप चिनियाँ राजदुत होउ यान्छीले स्वस्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीलाई विमास्थलमा नै हस्तान्तरण गरेकी छन् । यसअघि चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपालमा ल्याई प्रयोगसमेत भइसकेको छ ।

आजै, चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले थप एकलाख डोज खोप काठमाडौं ल्याउँदैछ । बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले थप १ लाख डोज खोप ल्याउने छ ।