बिहिबार, बैशाख २०, २०८१

कोभिड कहरकावीच वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा

ललितपुर जेठ १ ,
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ शनिबार तानिएको छ । गत बुधबार बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो । हरेक वर्ष मच्छिन्द्रनाथको रथारोहण पछि चौँथो दिनमा रथ तान्ने परम्परा अनुरुप कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति पुर्‍याउने तयारी गरिएको सम्वद्ध पक्षले जानकारी दिएको छ।

त्यस्तै पछिल्लो समय बढ्दो कोडि संत्रलमणको जोखिम संगै भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्रसमेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो । यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको हो ।