शनिबार, बैशाख ८, २०८१

१-० को गोलअन्तरमा बन्यो काठमाडौं रेजर्स एनएसएल पहिलो सिजनको च्याम्पियन

काठमाडौं जेठ २,
नेपाल सुपर लिग अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १(० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। प्रतियोगिताका सर्वाधिक गोलकर्ता समेत रहेका मेसोके उत्कृष्ट मिडफिल्डर चुनिए।

त्यस्तै, प्रतियोगिताको उत्कर्ष्ट डिफेन्डरमा धनगढीका दिनेश राजबंशी बन्दा धनगढीकै कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर बने। त्यस्तै, काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक बने। व्यक्तिगत विधामा उत्कृष्ट बनेका सबैले १र१ लाख प्राप्त गरे भने इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट बनेका विश्वास श्रेष्ठले ५० हजार हात पारे।

प्रतियोगिताको फेयर प्ले अवार्ड बुटवल लुम्बिनी एफसीले जित्यो। प्रतियोगिताको विजेता काठमाडौं रेजर्सले ३५ लाख र उपविजेता धनगढी एफसीले १५ लाख प्राप्त गरे।

प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब, पोखरा थण्डर्स, एफसी चितवन, काठमाडौं रेजर्स र ललितपुर सिटी फुटबल क्लब गरी ७ फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो।