बुधबार, बैशाख १२, २०८१

नेपाल सुपर लिगको ट्रफी सार्वजनिक फाइनल खेलमा काठमाडौं र धनगढीबीच आमने सामने हुँदै

काठमाडौं बैशाख ३१,

नेपाल सुपर लिग [एनएसएल] को ट्रफी सार्वजनिक गरिएको छ। फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला ट्रफी सार्वजनिक गरिएको हो।

एनएसएलको फाइनलिस्ट काठमाडौं रेजर्स र धनगढी एफसीका कप्तान द्वय विकेश कुथु र किरण चेम्जोङले ट्रफी सार्वजनिक गरेका हुन्। प्रतियोगितको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने काठमाडौंले दोस्रो प्लेअफ खेल्दै ललितपुरलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। जारी प्रतियोगितामा काठमाडौं र धनगढी तेस्रो पटक आमने सामने हुनेछन्।

त्यस्तै काठमाडौका कप्तान विकेश कुथुले यसअघिका हारबाट पाठ सिक्दै फाइनलमा राम्रो गर्ने बताए। उनले सबै खेलाडीहरु उत्साही रहेको भन्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए। काठमाडौंका ्प्रशिक्षक बालगोपाल महर्जनले ट्रफी आफ्नो टिमले जित्ने दाबी गरे।फाइनल खेल शनिवार साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएको छ।