बिहिबार, बैशाख २०, २०८१

साढे सात हजार भन्दा बढि कोभिड सङ्क्रमितको पुष्टि, ५५ को मृत्यु

काठमाडौं बैशाख २१,
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ५८७ सङ्क्रमित थपिएका छन् । १६ हजार १३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ७ हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संख्या हालसम्मको उच्च भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित रहेको त्यस्ते १ हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएको जानकारी दिएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ। एकै दिन मृत्यु भएकाको संख्या पनि हालसम्मकै उच्च भएको जनाउदै यो सहित नेपालमा मृतकको संख्या ३ हजार ४१७ पुगेको जानकारी दिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु