बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा आजमात्रै ३ हजार ८ सय ९३ कोभिड संक्रमितको पहिचान

काठमाडौं बैशाख २१,
काठमाडौं उपत्यकामा आजमात्रै ३ हजार ८ सय ९३ जनामा कोभिड संक्रमितको पहिचान भएको छ। मन्त्रालयका अनुसार उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौं मा २ हजार ७७९ , ललितपुरमा ६०१ र भक्तपुरका ५१३ जना रहेको जनाएको छ ।

त्यस्तै उपत्यकाका विभिन्न अस्पतालमा १९४ जना संक्रमितको आइसियुमा र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।