बिहिबार, बैशाख २०, २०८१

उपत्यकामा गत १६ गतेबाट जारी गरिएको निषेधाज्ञा थप एकसाताको लागि लम्बियो

काठमाडौं बैशाख २१,
बढ्दो कोभिड संक्रमिणको रफ्तारसंगै काठमाडौं उपत्यकामा गत १६ गतेबाट जारी गरिएको निषेधाज्ञा थप एकसाताको लागि कायम हुने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले बधवार मध्य रात्रीसम्म लागु हुने गरि यसअघि जारी गरिएको निषेधाज्ञा २९ गते राती १२ बजे सम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यसअघि विहान १० बजेसम्मका लागि पसल खोल्ने समय ताकिएपनि अव भने बिहान ९ बजेसम्म मात्र कायम गरिएको र अत्यावश्यक बाहेकका अरु सवै किसिमका पास वितरण बन्द गर्ने निर्णय गरिएको थाहा भएको छ ।