शुक्रबार, बैशाख ७, २०८१

राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

काठमाडौं बैशाख २१,
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‍ पहिलो संशोधन र यौन हिंसा विरूद्धका ऐनलाई संशोधन गर्ने अध्यादेशसहितका ७ वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्री परिषदको सिफारिसमा मुलुकको संविधानको ११४ को उपधार १ वमोजिम उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आज जारी अध्यादेशमा यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, औषधि [तेस्रो संशोधन] अध्यादेश, २०७८, संवैधानिक परिषद् [काम, कर्तव्य, अधिकार र कार्यविधि] सम्बन्धी[पहिलो संशोधन]अध्यादेश, २०७८, सामाजिक सुरक्षा [पहिलो संशोधन] अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी [ कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय][पहिलो संशोधन]अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ [नियमन] अध्यादेश, २०७८ जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।