बिहिबार, बैशाख २०, २०८१

घरघरमा शक्ति स्वरुपा नवदुर्गा भवानीको पूजा अर्चना सहित चैते दशै अष्टमी पर्व मनाइदै

काठमाडौ बैशाख ७,
प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घरघरमा शक्ति स्वरुपा नवदुर्गा भवानीको पूजा अर्चना सहित मनाउँदैछन् । चैते दशैँमा मुलत राजधानीस्थित हनुमानढोकाको दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेको छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीका दिन ा श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ ।

त्यस्तै विगत वर्षमा जस्तै चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठसंगै उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा भक्तजनको भिडभाड रहेको छ ।

तर यसपटक पनि दोस्रो चरणको कोभिड संक्रमणको जोखिम बढेको जाउ सहित सरकारले सोमवारवाट लागु हुने गरि विभिन्न निषेधका आदेश जारी गरेको छ । जारी आदेश अनुसार भिडभाड नर्गन , दूरी कायम गरेर दर्शनको व्यवस्था मिलाउँदै महामारीको सङ्क्रमणबाट बच्न अपिल गरेको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031