बुधबार, बैशाख १२, २०८१

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आजबाट सेतो मच्छेन्द्रनाथको रथयात्रा मनाइदै

काठमाडौ बैशाख ७,
बढ्दो   कोभिड कहरकावीच स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै आजबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा मनाइदै छ । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरकारूपमा पूज्ने परम्परा छ ।

वैशाख २ गते काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्ने निर्णय गरेको हो

रथयात्राका लागि आज अपरान्ह चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने छ । जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क दिने व्यवस्था मिलाइएको छ । साथै रथ तान्ने जात्रालुको लागि समेत तीन रङको ज्याकेटको व्यवस्था गरिएको व्यवसथपन समतिले जनाएको छ ।

त्यस्तै दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । शहरको भित्री भागमा ३ दिनसम्म मनाइन्छ । यसक्रममा आज रथ तानेर असन चोकमा पुर्याइने भएकोछ । रथ असनमा पुगेसंगै आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम समेत रहेको जात्रा व्यस्थान समितिले जनाएको छ । स्मरण रहोस गएको वर्ष कोभिड महामारीबाट बच्न जारी बन्दाबन्दीका कारणे रथयात्रा रोकिएको थियो ।