आइतवार, बैशाख २३, २०८१

विश्व हिन्दू महासंघ अन्तराष्ट्रियको राष्ट्रिय समिति र संघको राष्ट्रिय समितिवीच एकाकार हुँदै

काठमाडौं बैशाख ५,
विश्वभर छरिएर रहेका हिन्दू ओमकार परिवारको छाता संस्था विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समिति अन्र्तगत रहेको विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति र विश्वहिन्दू महासंघ कलङ्की बीच एकाकार हुने भएको छ । यसअघि यो वा त्यो कोणबाट दुइ अगल संस्थाको प्रारुपमा क्रियाशील यी दुइ संस्था वीच आगामी बैशाख ८ गते रामनवमीका दिन अर्थात महासंघको ४१ औं स्थापना दिवसका अवसरमा एकता घोषणा गरिने महासंघकी महासचिब अस्मिता भण्डारीद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुलुकमा पछिल्लो समय एकै निदिष्ट लक्ष्य वोकेका संस्थाहरुवीच एकाकार हुन नसक्दा हिन्दू धर्मका अनुयायीको भावनामा अनेकन प्रहार हुँदै आएको अवस्थालाइ समेत आत्मासात गर्दै विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिले एकताका लागि आधिकारिक रुपमा अनुमोदन गरेसंगै यी दुई संस्थावीच एकाकारको वातावरण बनेको हो ।

स्मरण रहोस आजभन्दा ४ दशक अघि स्थापित विश्व हिन्दु महासंघ अन्तराष्ट्रियको नेपाल राष्ट्रिय समिति बाँसबारी र नेपाल राष्ट्रिय समिति दर्ता नम्बर ३३८ कलङ्की परिस्थितिबस अलग रही संचालनमा रहेको थियो ।