बिहिबार, बैशाख १३, २०८१

लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले खेलको भूमिका महत्वपूर्ण : सभामुख सापकोटा

काठमाडौं बैशाख ५,
नेपाल पत्रकार महासंघको २६औं महाधिबेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । आज नेपाल पत्रकार महासंघमा आज आयोजित एक कार्यक्रमकावीच सभामुख अग्निप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कार्यसफलताको शुभकामना दिनुभएको हो ।
त्यस अवसरमा सभामुख सापकोटाले महासंघले पूर्ण लोकतन्त्रको अभ्यास गरेको भन्दै लोकतन्त्रका लागि भएका हरेक आन्दोलनमा महासंघले खेलको भूमिका महत्वपूर्ण भएको बताउदै पछिल्लो समय मुलुक निकै कठिन मोडमा रहेको भन्दै यो बेला पत्रकारहरुको महत्वपूर्ण भूमिका रहनुपर्ने चर्चा गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि स्थापित संस्था रहेको भन्दै लोकतन्त्र, प्रेस स्वतन्त्रता नागरिक अधिकार र श्रमजीवी पत्रकारको हकहितका लागि प्रतिवद्ध रहने बताउनुभयो । उहाँले नवनिर्वाचित केन्द्रीय सदस्य बबिन शर्मालाई प्रहरीले धरपकड गरेको भन्दै प्रकाशित समाचारबारे छानविन गर्ने संस्था नेपाल प्रहरी नभई प्रेस काउन्सिल रहेको बताउनुभयो ।
कर्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघको इतिहासमा हरेक कार्यसमितिको भूमिका महत्वपूर्ण रहेको भन्दै आफ्नो कार्यकालबाट महासंघको नेतृत्व चयन प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने अभ्यास सुरु गरिएको बताउनुभयो । उहाँले महासंघलाई थप समावेशी बनाउने अवसर प्राप्त भएको पनि बताउनुभयो ।
कार्यक्रममा पूर्व सभापतिहरु डा.सुरेश आचार्य, तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्व अध्यक्षहरु शिव गाँउले र डा.महेन्द्र विष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यसैवीच निर्वाचित केन्द्रीय समितिको आज बसेको पहिलो बैठकले २६औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने महासंघको निवर्तमान कार्यसमिति, केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरीय निर्वाचन समितिहरू, विभिन्न सञ्चारसम्वद्ध संघसंस्था, महासंघका सदस्यहरू, महासंघ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलगायत निर्वाचन प्रक्रियामा जोडिएका सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हित र नेपाली पत्रकारिताको संस्थागत विकासका लागि दृढतापूर्वक उभिने प्रतिवद्धता अभिव्यक्त गर्दै प्रकाशित समाचारको विषयलाई लिएर नेपाल प्रहरीले महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य बविन शर्माको घर तथा कार्यालयमा खानतलासी गर्दै धम्की दिएको तथा उज्यालो नेटवर्क प्रा।लि।का सञ्चालक तथा प्रधानसम्पादक बुद्ध लोप्चन, कार्यकारी सम्पादक अनिश तामाङलगायतका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यले खोजतलास गरिरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै पत्रकारहरूलाई आतंकित पार्ने काम तत्काल रोक्न राज्यको ध्यानाकर्षण गराएको छ ।

साथै केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण हुँदै गरेका सञ्चारसम्बन्धी कानुनहरूलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै कोभिड संक्रमणबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको महासचिव रोशन पुरीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031