मङ्लबार, जेष्ठ १, २०८१

३ दशक भन्दा लामोसमय पछि घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि नेपालको पोल्टामा

काठमाडौं चैत १६,
नेपालले थ्री नेसन्स कपको दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै कप जितेको हो। आजको खेलमा नेपालले कप जितेसंगै ३ दशक भन्दा लामो समय पछि घरेलु मैदानमा ट्रफी हात पार्न सफल भएको हो ।

आजको खेलको १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए भने ४१ मिनेटमा विशाल राईले दोश्रो गोल गरेका छन् । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु