बिहिबार, चैत्र १५, २०८०

देशभरका शिक्षण संस्था ४ दिनका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं चैत १७,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजबाट देशभरका शिक्षण संस्था ४ दिन बन्द गर्ने निर्णय गरेको छ । गएको शुक्रबारदेखि बढ्दो वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा मन्त्री श्रेष्ठले मौसम प्रतिकुलताको कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी गराएका थिए ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी लीसंग परामर्श गरेका थिए । त्यसलगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौं विद्यार्थीमा हुनसक्ने स्वाथ्य प्रतिकुलताका कारण सबै शिक्षणसंस्था बन्द गर्नुपरेको जनाउ दिनुभएको छ ।