बुधबार, बैशाख १९, २०८१

बिहीबारदेखि शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा र हिमपातको संभावना

काठमाडौ माघ २१,
जल तथा मौसम विज्ञान विभागले आज जारी मौसम सम्बन्धी बुलेटिनमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपातको संभावना औल्याएको छ ।

त्यस्तै विभागको बुलेटिनमा पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुनाका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

त्यस्तै विभागले शुक्रबार प्रदेश नं २ का केही स्थान र अन्य प्रदेशका अधिकांश भूभागमा र शनिबार गण्डकी, वाग्मती, प्रदेश नं १ र २ मा पर्ने जनाउदै यसवीचमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपातको रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव सात डिग्री र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस मापन भएको समेत जनाएको छ ।

यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान :

माघ २१ गते (बुधबार) राती: सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रहेको छ भने बाँकी पहाडी भू-भागहरुमा आशिंक बदली साथै अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

माघ २२ गते (बिहिबार) दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदूर पश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ।

राती: देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपाको संभावना छ र सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश , लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ।

माघ २३ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागहरु साथै सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  : प्रदेश नं १, सुदूर पश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही स्थानहरूमा हल्का हिमपातको संभावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु्/कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031