मङ्लबार, बैशाख १८, २०८१

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको सभामुखको प्रष्टोक्ति

काठमाडौ पुस १९,
विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा संसद सचिवालयको तर्फवाट आज सभामुख सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नभएको लिखित जवाफ पठाएका छन ।

नेपालको संविधान २०७२ ले संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदा रहँदै संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको जिकिर सहित यसअघि सर्वोच्च संसद सचिवालयलाइ प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले गराएको अविश्वास प्रस्ताव दर्ता पत्र सहितको कागजात पनि बुझाएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते गरेको संसदद विघटनको निर्णय विरुद्धमा परेको रिटमा अदालतले संवैधानिक इजलासले सुनुवाइ गर्ने क्रममा संसद विघटन प्रकरणका विषयमा सराकारवाला निकायहरुबाट आवश्यक जवाफ तथा कागजातहरु माग गरे अनुरुप सचिवालयले उक्त कागजात सर्वोच्चलाइ बुझाएको हो ।