बिहिबार, बैशाख २०, २०८१

ओलीलाइ गौतमको दरिलो बोली : त्यो अध्यक्ष प्रचण्डको एकल प्रस्ताव होइन

काठमाडौं कार्तिक ३०,
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र उपाध्यक्ष वामदेव गौतमबीच आज विहान नेकपाभित्र पछिल्लो समय सिर्जित विवाद केन्द्रीत भेटवार्ता भएको छ ।

भटवार्ताकै क्रममा प्रधानमन्त्री ओलीले गौतमलाई अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन पहल लिनआग्रह गर्दै प्रस्ताव फिर्ता नलिए संकट थप चुलिने बताएसंगै नेता गौतमले त्यो अध्यक्ष प्रचण्डको एकल प्रस्ताव नभइ ५ जना सचिवालय सदस्यहरुको सामूहिक निर्णय भएकै कारण प्रस्तुत उक्त प्रस्ताव फिर्ता नहुने जवाफ दिएका छन ।

साथै नेता गौतमले प्रस्ताव फिर्ता लिन आग्रह गर्नु भन्दा पनि प्रधानमन्त्री ओली स्वयमले आफ्नो कार्यशैली सच्याउन सुझाएको नेता गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जनाएको छ ।