शनिबार, बैशाख ८, २०८१

भाइटीका प्रयोजनार्थ बालगोपालेश्वर मन्दिर बिहान ५ देखि साँझ ५ बजेसम्म खुला गरिने

काठमाडौ कार्तिक ३०,
यमपञ्चक अन्र्तगत सोमवार मनाइने मुख्य पर्व भाइटीकाका क्रमम दिदीवहिनी नहुने दाजुभाइका लागि बालगोपालेश्वरको दर्शन भाइटीका लगाउन पुर्न निर्माण गरिएको राजधानीस्थित रानीपोखरी विहान ५ बजे देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि मन्दिर खुला गर्न लागको हो ।  त्यस्तै भाइटीकाकै लागि काठमाडौं महानगरले रानी बालगोपालेश्वर मन्दिर र पोखरीलाई बेहुलीझैँ सजाइएको छ ।

तत्कालीन मल्ल राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको हो ।