बिहिबार, बैशाख २०, २०८१

पूर्वराज्यमन्त्री खोभारी राय सहित १० जना जुवाखालबाट पक्राउ

काठमाडौं कार्तिक १६ ,
महानगरीय प्रहरी वृत्त, स्वयम्भुले स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाइ जुवाखालबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुवाखालबाट १ लाख ५३ हजार नगद सहित पक्राउ पर्ने अन्यमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा सन्तोष लामा धर्मलाल तामाङ पनि रहेका छन् ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित विवादित छविका राय २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपनि राजनीतिमा खासै सक्रिय नभएको बताईएको छ ।