शुक्रबार, बैशाख ७, २०८१

काठमाडौ उपत्यकामा थप १६२२ सहित २ हजार ८ सय २४ जनामा कोभिड संक्रमण, २३ जनाको मृत्यु

काठमाडौं कार्तिक १६, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार २३ जनाको पीसीआर परीक्षणको क्रममा थप २ हजार ८ सय २४ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी आज पहिचान भएका संक्रमित मध्ये काठमाडौ उपत्यकामा थप १ हजार ६ सय २२ जनामा कोभिड संक्रमण पुष्टि भएको मन्त्रालयले
जाएको छ । मन्त्रालयका अनुसार काठमाडौमा १ हजार ३ सय ६२ जना, ललितपुरमा १ सय ६४ र भक्तपुरमा ९६ जना रहेको जनाएको छ ।

त्यस्ते पछिल्लो २४ घण्टामा देशभर थप २३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी देशभर थप ३ हजार ६ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने क्वारेनटिनमा २ हजार ३ सय ८६ जना छन् । आइसोलेसनमा ३७ हजार ७ सय ६५ जना रहेको त्यस्तै संक्रमित मध्ये गम्भीर प्रकृतिका २८३ जनाको आइसीयूमा र ७८ जना भेन्टीलेटरमा उपचार भइरहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031