बुधबार, बैशाख १९, २०८१

भैरव जात्रा सम्पन्न

काठमाडौं कात्तिक ५,

बढ्दो कोभिड कहरकावीच आवश्यक सम्पूर्ण सुरक्षा मापदन्डको कार्यान्वयन गर्दै लिच्छविकालीन पचली भैरव जात्रा सम्पन्न गरिएको छ ।बुधबार पचली आजुको जात्रा पचली पीठबाट टेकु, पुखुसी, इनाखा, गोफ, लगं ज्याबहाः, न्हूघः, चिकंमुगः, मरु हुँदै हनुमानढोका दरबारमा लगेर तान्त्रिकरुपमा पूजा अर्चना सहित जात्रा सम्पन्न गरिएको हो ।

त्यसत्रवसरमा जीवित देवी कुमारीलाईसमेत यसपटक हनुमानढोका दरवारको सत्ता कुमारीघरको मूलढोकामा राखेर भैरवसँग शक्ति संञय गराइएको थियो ।
लिच्छविकालीन राजा गुणकामदेवले कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाका लागि अष्टमातृकासँगै दक्षिण भेगमा क्षेत्रपालको रूपमा पचली आजुलाई स्थापना गरेको वंशावलीमा उल्लेख छ । कोभिड कहरकै कारण प्रत्येक वर्ष मध्यरातमा हुने प्रस्तुत जात्रा यसवर्ष दिउँसो स१चालन गरिएको हो ।जात्रा सम्पननभएसंगै पचली भैरवको घ्याम्पो कामपा वडा न २१ स्थित जात्रा सम्वद्ध गुथीयारको घरमा विराजमान गराइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930