शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपतिद्वारा पुनःनिर्मित ऐतिहासिक महत्वको रानीपोखरीको उद्घाटन

काठमाडौं कार्तिक ५ , ०७२ को महाभूकम्पका कारण पूर्णरुपमा क्षति ग्रस्त भएको राजधानीको रत्नपार्क ३ सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुरानै शैलीमा पुनःनिर्माण पछि आज विधिवत उद्धघाटन गरिएकोछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित ताम्रपत्रको अनावरण गर्दै उद्घाटन गनुभएको हो ।

उद्घाटनसत्रलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले रानीपोखरी, खुलामञ्च र टुँडिखेललाई समेत समावेश गरी प्राधिकरणले बनाएको बृहत्तर गुरुयोजना कार्यान्वयन गरिनुपर्नेमा जोड दिदै यसको कार्यान्वयन पछि  ऐतिहासिक महत्वको सम्पदा क्षेत्र सुरक्षित हुने बताउनुभएकोछ । त्यस्तै उहाँले ढिलैभएपनि भूकम्पबाट क्षतिग्रस्त सम्पदाको पुर्ननिर्माणभएसं महाभूकम्पका कारण क्षतिग्रस्त अन्य सम्पदाको पुनर्निर्माण पनि छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसअघि बालगोपालेश्वर मन्दिरको प्राणप्रतिष्ठामा सहभागी भई राष्ट्रपति भण्डारीले विभिन्न तीर्थस्थलबाट ल्याइएको जल रानीपोखरीमा सेचन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीलगायत सरकारी उच्च अधिकारीको उपस्थिती रहेको थियो ।

त्यसअवसरमा पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४वर्ष ९ महिनाको हाराहारीमा रानीपोखरी वरिपरिको संरचनासहितबीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण सम्पन्न भएको जानकारी दिनुभएको थियो ।  राजधानीस्थित महत्वपूर्ण यी दुवै संरचना पुनःनिर्माणमा रु २८ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।