बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिबाट उपत्यका प्रहरी केन्द्र मातहत राख्ने व्यवस्था सहितको अध्यादेश जारी

महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गर्दै ‘संघीय राजधानी प्रहरी कार्यालय’बनाइने

काठमाडौं असोज १३ ,

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी [कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय] पहिलो संशोधन अध्यादेश प्रमाणीकरण गरेसँगै उपत्यका प्रहरी अव संघ मातहत रहने भएको छ । यसअघि उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषयमा विवाद हुँदै आएको थियो ।राष्ट्रपतिद्वारा जारीे अध्यादेशसंगै एकातर्फ जारी विवादको सम्बोधन हुनुको अलावा प्रदेशमा प्रहरीलाई समायोजन गर्ने बाटोसमेत खुलेको छ।

त्यस्तै जारी अध्यादेशमा गरिएको व्यवस्था अनुसरुप उपत्यकाको सुरक्षा व्यवस्था हेर्दै आएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको नाम परिवर्तन गर्दै डीआईजी कै नेतृत्वमा ‘संघीय राजधानी प्रहरी कार्यालय’बनाइने भएकोछ ।

यसैगरी, उपत्यकामा ठूला अपराधजन्य घटना हेर्दै आइरहेको अपराध अनुसन्धान महाशाखाको पनि नाम परिवर्तन गर्दै ‘संघीय राजधानी अपराध महाशाखा’ बनाइने बताईएको छ ।