मङ्लबार, बैशाख ४, २०८१

नेवानि कर्मचारी संघ आन्दोलित, यस्तो छ आन्दोलनका कार्यक्रम

अनुप प्रधान/ काठमाडौं असोज १२,
नेपाल वायुसेवा निगम कर्मचारी संघ आन्दोलित भएका छन । संघले विदेशी लगानीमा रहेको निजी कम्पनी हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सुविधा दिने सवालमा भएको निर्णयविरुद्ध उनिहरु आन्दोलित भएको हो ।

संघका अध्यक्ष मान बहादुर कुँवरले आज जारी गर्न भएको विज्ञप्तिमा मन्त्रीको ठाडो निर्देशनमा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको नाममा एकलौटी रुपमा विदेशी लगानीमा सञ्चालित हिमालय एयरलाइन्सलाई दिने निर्णय गलत भएको बताउदै चरणवद्ध आन्दोलनको घोषणा गर्दै सेल्फ ग्राउण्ड ह्याण्डलिङ निर्णय सच्याउन माग गरेका छन्।

त्यस्तै विज्ञप्तिमा संघले उक्त निर्णयको विरुद्धमा घोषणा गरिएको पहिलो चरण अन्र्तगत मंगलवारबाट सम्पूर्ण कर्मचारीले कालोपट्टी बाँधेर कार्यालयको काम गर्ने, बुधवार सञ्चालक समिति, कार्यकारी अध्यक्ष र नायव महाप्रबन्धकको कार्यकक्ष घेराउ तथा तालाबन्दी, बिहीवार विभागीय प्रमुखहरुको कार्यकक्ष घेराउ, शुक्रवार आन्दोलनको समीक्षा र शनिवारदेखि दोस्रो चरणको कार्यक्रममार्फत सेवा ठप्प पार्ने उल्लेख गरिएको छ।