सोमवार, जेष्ठ ७, २०८१

थप ८५९ जनामा कोभिड संक्रमण पुष्टिभएसंगै उपत्यकाको स्थिती भयावह

काठमाडौं असोज २ ,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ८५९ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पुष्टि भएका संक्रमित मध्ये ४८२ पुरुष र २१६ जना महिला गरि  काठमाडौंका ६९८ जना , भक्तपुरमा , ३४ जना पुरुष र ४८ जना महिला गरि ८२ त्यस्तै ललितपुरमा ललितपुरका ३२ जना महिला, ४७ जना पुरुष गरि ७९ जनामा भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

संक्रमणका कारण २ महिला र ५ पुरुष गरी देशभर थप ७ जनाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ३९० पुगेको छ । मत्यु हुनेमा काठमाडौँका ८८ वर्षीय ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया, भक्तपुरका ८२ वर्षीया संक्रमित रहेका छन भने नवलपरासीका ३१ वर्षीय पुरुष, मोरङको २ जना ६६ , ६६ वर्षीय संक्रमित रहेका छन ।