शुक्रबार, चैत्र १६, २०८०

थप २०२० जनामा कोभिड-संक्रमण ,उपत्यकाका ४ सहित ७ को मृत्यु , ४३ हजार ८२० संक्रमित डिस्चार्ज

काठमाडौं असोज २ ,

शुक्रबार देशका विभिन्न प्रयोगशालामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षणको क्रममा थप २०२० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

त्यस्तै ७ हजार ७३६ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन भने संक्रमित सक्रिय संख्या १७ हजार ३८३ जना मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ८८ जना रहेको नन्त्रालयले जनाएको छ । त्यस्तै देशभर १७३ जना आइसीयूमा र ३६ जना विरामी भेन्टिलेटरमा हेको जानकारी दिदै मन्त्रालयले

पछिल्लो २४ घण्टामा कोभिडमुक्त भई डिस्चार्ज हुनेको संख्या ८७१ रहको छ । योसंगै डिस्चार्ज हुने जम्मा संख्या ४३ हजार ८२० पुगेको छ भने संक्रमणका कारण २ महिला र ५ पुरुष गरी देशभर थप ७ जनाको मृत्युभएसंगै मृत्यु हुनेको संख्या ३९० पुगेको छ । मत्यु हुनेमा काठमाडौँका ८८ वर्षीय ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया, भक्तपुरका ८२ वर्षीया संक्रमित रहेका छन भने त्यस्तै नवलपरासीका ३१ वर्षीय पुरुष, मोरङको २ जना ६६ , ६६ वर्षीय संक्रमित रहेका छन ।