बिहिबार, कार्तिक ६, २०७७

आज देशभर ५औं संविधान दिवस विविध कार्यक्रम सहित मनाइँदै

प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने

काठमाडौं असोज ३ ,
०७२ असोज ३ गते आजकै दिन मुलकका प्रथम राष्ट्रपति डा रामवरण यादवले जारी गनुृ भएको नेपालको संविधान जारी भएको आज ५औं वर्ष पुगेको छ । यसै अवसरमा आज देशभर संविधान दिवस विविध कार्यक्रम सहित मनाइँदैछ । संविधान दिवसका अवसरमा प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा विशेष समारोह आयोजना समेत गरेको छ ।
 
आजको उक्त कार्यक्रमलाइ प्रधानमन्त्री ओलीले सैनिक मञ्च टुँडिखेलबाट देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ । त्यसैगरी विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा संविधान दिवस एवं राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै गरेको जानकारी प्राप्त भएको छ । संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन हुन नसकिरहेको अवस्था देखिएको छ ।
 
त्यस्तै संविधान जारीदेखि नै राजनीतिक दलको एक समूह संविधानका अन्तर्वस्तुमा प्रकट गर्दै आयरहेको विभाजित मानसिकताका कारण सरकार र राजनीतिक दलबीच गहन यसविषयमा विचार मन्थन हुन सकिरहेको छैन भने मधेसकेँद्रीत राजनीतिक दलले राजनीतिक कार्यसूचीका रूपमा भने संविधान संशोधनको प्रसंग उठान गर्दै आइरहेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031