बिहिबार, बैशाख २०, २०८१

८ संक्रमितको मृत्युसंगै उपत्यकामा थप ५१२ जना कोभिड संक्रमित थपियो

काठमाडौं भाद्र २९,
काठमाडौ उपत्यकामा थप ५१२ जनामा कोभिड संक्रमित थपिएका छन । आज पहिचान भएका थप १ हजार १७० जना संक्रमिच मध्ये काठमाडौं उपत्यका अन्र्तगत काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ गरि  कुल ५१२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यस्तै देशैभर संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका १७९ जना विरामीको आइसीयूमा र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै देशभर थप ८७९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५७६ सय पुगेको मन्त्रालयले जनाएको छ । भने काठमाडौं उपत्यकाका ८ सहित थप १५ जना संक्रमितको मृत्यु भएको  छ ।

मृत्यु भएकाहरुमा ५ महिला र १० जना पुरुष रहेका छन । उपत्यकाका मृतक मध्ये काठमाडौंमा छ जना र भक्तपुर र ललितपुरका १/ १ जना रहेका छन ।