शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणबाट आज ५ महिला र १० पुरुषको मृत्युभएसंगै मृतकको सख्या ३६० पुग्यो

काठमाडौं भाद्र २९,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ८७८ जनाको पीसीआर परीक्षण्को क्रममा थप १ हजार १७० जनामा कोभिड  संक्रमण पुष्टि भएको छ । त्यस्तै देशभर थप ८७९ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै डिस्चार्ज हुनेको कुल संख्या ३९ हजार ५७६ सय पुगेको मन्त्रालयले जनाएको  छ ।

यसैवीच नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ महिला र १० जना पुरुष काठमाडौं उपत्यकाका ८ सहित थप १५ जना संक्रमितको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको सख्या ३६० पुगेको हो । आज मृत्यु भएकाहरुमा ५ महिला र १० जना पुरुष रहेका छन ।

काठमाडौको ६१ वर्षीया, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुष रहेका छन भने , गोरखाको ६३ वर्षीया, नवलपरासीको ६२ वर्षीया, पर्साको ५५ वर्षीया, कपिलवस्तुको ४७ वर्षीया महिला, मोरङका ४०र ७० वर्षीय, ललितपुरका ५५ वर्षीय, भक्तपुरका ६३ वर्षीय, रामेछापका २३ वर्षीय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।