शनिबार, बैशाख २२, २०८१

राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका

काठमाडौं बैशाख ११ ,
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने नेपालको राजकीय भ्रमणमा आज नेपाल आउँन लाग्नु भएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी अपरान्ह ५ : ३० बजेको समयसिमा काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारी राजालाइ स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने राष्ट्रपतिको कार्यालयले जनाएको छ। सरकारले आज नेपालभर सार्वजनिक बिदा समेत दिएको छ । कतारी राजाको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।

 कतारी राजाले आजैनै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता संगै राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  त्यस्तै भ्रमण तालिका अनुसार कतारका राजा थानीले वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्तासंगै द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्राप्त जानकारी अनुसार भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर संगै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा र कतारमा कार्यरत नेपाली कामदारको हकहितका विषयगत पत्रमा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै भ्रमणका क्रममा नेपालले कतारलाई रुद्रकली र खगेन्द्रप्रसाद नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी रहेको जनाएको छ । दुईदिने नेपालको राजकीय भ्रमणपछि उहाँ वैशाख १२ गते अपराह्न काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।