शनिबार, बैशाख २२, २०८१

आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै

 काठमाडौं बैशाख ११,
आज १८ औँ लोकतन्त्र दिवस मनाइँदैछ । मुलुकमा ०६२/०६३ को जन आन्दोलन अन्र्तगत १९ दिने आन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम आजैका दिन संसद् पुनःस्थापनासहित जनताकोअधिकार जनतालाइ फिर्ता गरको हो ।

यसैको जगमा संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले मुलकबाट २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्दै गणतन्त्रको स्थापना गरिएको थियो ।

यसवीचमा लोकतन्त्र स्थापनाको १८ वर्ष पुग्दा समेत जन अपेक्षाको सम्बोधन हुन सकेका छैनन् । जहाँनियाँ शासनबाट मुक्ति मिलेपनि जनतामा निराशा निरन्तर कायम छ । सरकार गठन र विघटनका श्रृंखला तथा भ्रष्टाचारका काण्डले जनतामा शासन व्यवस्थाप्रति असन्तुष्टि चुलिएको    छ ।  सुरुवातमा लोकतन्त्र दिवसमा सरकारले सार्वजनिक बिदा नै दिने गरेको थियो भने विशेष उत्सवकारुपमा मनाउने गरिएको थियो । तर पछि गणतन्त्र दिवसलाई विशेषरुपमा मनाउने अभ्यास सुरु भएपछि लोकतन्त्र दिवस ओझेलमा प¥यो । यो वर्ष भने कतारी अमिरको नेपाल भ्रमणका कारण सरकारले मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।