शनिबार, बैशाख २२, २०८१

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन

 काठमाडौं बैशाख १०,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो ।  शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् ।

मन्त्रालयले जारी गरेको निर्देशनमा ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारिणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएको जस्ता विषय उल्लेख गरी मन्त्रालयमा प्राप्त निवेदनहरुका सम्बन्धमा राजनीतिक दलमा संलग्न शिक्षक, कर्मचारीलाई शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली २०५९ को प्रावधान साथै उच्च अदालत पाटनको रिट नं। ०७८–डब्ल्यूओ–०४०८, निर्णय नं। ३३६ मा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐन, २०२८ को दफा १६ङ को उपदफा ९५० को खण्ड ९छ० मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु गराउनु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ भनी भएको आदेश समेतको आधारमा पदबाट हटाई सो को जानकारी मन्त्रालयमा गराउने र यस्तै प्रकृतिका थप उजुरी निवेदनहरुको सम्बन्धमा समेत निरन्तर कारबाही गर्ने भनी मिति २०८१–०१–०४ मा मन्त्रालय ९ माननीय मन्त्रीस्तरीय० को निर्णय भई आएकोले सोही बमोजिम कार्यान्वयन गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ ।’ भनिएको छ,