शुक्रबार, बैशाख २१, २०८१

कतारका राजा शेख तमिम नेपालको दुईदिने राजकीय भ्रमणमा,मंगलवार सार्वजनिक बिदा  

 काठमाडौं बैशाख १०,

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा सरकारले मंगलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आउनलाग्नुभएका कतारका राजाको नेपालको पहिलो भ्रमण हुन लागेको हो । कतारी राजा राजकीय दुईदिने भ्रमण सकेर बुधबार बेलुका कतार फर्कने कार्यक्रम रहेको बुझिएको छ।

त्यस्ते कतारका राजाको नेपाल भ्रमणको क्रममा पर्यटन, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने कार्यसूची रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारीसंगै कतारका राजालाइ नेपाल सरकारले दुईवटा हात्ती पनि उपहार दिने तयारी रहेको थाहा भएको छ।