शनिबार, बैशाख २२, २०८१

मुख्यमन्त्री सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नाउपाका लक्ष्मण किशोर सर्वोच्चमा

काठमाडौं बैशाख ९ ,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी[नाउपा] का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हो ।

दायर रिट निवेदनमा नाउपाका चौधरीले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका छन् ।

तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ [२] अनुसार सरकार गठनका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरे पनि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबिलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दावी गर्न आव्हान गर्दै सविधान परिकल्पनानै नगरेको अधिकार प्रयोग गरेको जिकिर गरेका छन ।

त्यस्ते दागर रिटमा लक्ष्मणकिशोरले आफूलाई मूख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै उनले प्रदेश प्रमुखको दुई दिन म्याद थप्ने र सोडारीलाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको समेत माग गरेका छन् । रिटको पेसी सोमबारका लागि तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ।