शनिबार, बैशाख २२, २०८१

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक: १५ बुँदे प्रस्ताव पारित

 काठमाडौं बैशाख १०,

१५ बुँदे प्रस्ताव पारित गर्दै सत्ता साझेदार दल नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आइतवार सम्पन्न् भएको छ।

पारित प्रस्तावमा एमालेले मुलुकलाई थप अस्थिरता र अन्योलतर्फ धकेल्ने कामप्रति सजग रहन र राष्ट्रियता, लोकतन्त्र र जनताको हितलाई थप जोखिममा पार्ने काम कतैबाट पनि हुन नदिन सत्ता समीकरणका सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।

त्यस्तै पछिल्लो मौजुदा पाँच दलीय नयाँ सत्ता सहकार्य सन्तोष व्यक्त गर्दै सहकार्यलाई सफल, परिणाममुखी र दिगो बनाउने प्रतिबद्धता समेत व्यक्तगर्दै यसवीचमा जारी न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमार्फत आजका मुख्य समस्याहरुलाई समाधान गर्ने गरी तालिकाबद्ध रुपमा काम गर्न पनि सरकारलाई सुझाव दिएको छ ।

एमालेले विभाजन, घेराबन्दी, सत्ताको दुरुपयोग, मिथ्या प्रचारलाई चिर्दै पार्टी राष्ट्रिय राजनीतिको मुख्य संवाहक र प्रमुख पार्टीका रुपमा स्थापित हुन सकेको निष्कर्ष निकालेको छ । साथै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने संकल्पसंगै आगामी दिनमा पार्टीलाई वैचारिक, संगठनात्मक र भावनात्मक रुपमा अझ एकताबद्ध र सृदृढ बनाइ निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न सिंगो पार्टीपंक्तिलाई आहृवान समेत गरेको छ ।