शुक्रबार, बैशाख २१, २०८१

संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान

 काठमाडौ बैशाख ७,

प्रदेशका मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ।  प्रदेश सभाको आज बसेको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दर्ता गराएको बहुमतले पारित संकल्प प्रस्ताव अनुसार मुख्यमन्त्री कार्कीलाइ ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिए नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने संकल्प विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था गरिएको छ।

 बैठकमा प्रस्तावमाथिको छलफलपछि भएके मतविभाजनको क्रममा प्रस्तावको पक्षमा ५२ मत परेको थियो भने विपक्षमा शुन्य मत परेको थियो । यसवीचमा राप्रकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तटस्थ बसदै गदाए सत्तापक्षका २४ सांसदले भने मतविभाजन प्रक्रियामा सहभागीता   जनाएनन ।

त्यस्तै ध्वनीमतबाट पारित प्रस्तावमा विमति जनाउँद्यै विपक्षमा रहेका प्रदेश सभा सदस्यहरूले मतदानबाट मत विभाजनको मागसंगै सभामुख अम्बरबहादुर बिष्टले प्रदेश सभा सदस्यलाइ उभ्याउँदै संख्या गणना गर्दै बहुमतले प्रस्ताव पारित भएको घोषणा गरेको हो ।

अवको चरणमा मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको र नलिए स्वतः पदमुक्त हुने बताइएको छ।