शुक्रबार, बैशाख २१, २०८१

सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश

 धरौटी नबुझाएपछि पुन र अछामी पनि पुन जेल चलान

काठमाडौ बैशाख ७,
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन र नवीन अछामीले धरौटी रकम नबुझाएपछि कारागार चलान भएका छन् ।

थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन र नवीन अछामीकोहकमा क्रमस चार लाख रुपैयाँ र नवीनलाई १० लाख रुपैयाँ धरौटी तोेको हो ।

 तर अदालतको आदेशअनुसार दीपेश र नवीनले धरौटी रकम नबुझाएपछि कारागार चलान गरिएको जिल्ला कारागार रूपन्देहीले जनाएको छ।  त्यस्तै सोहि प्रकरणमा पक्राउ परेको दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २र२ लाख धरौटी माग गरिएको अदालत समवद्ध अधिकारीले जनाएको छ ।