बिहिबार, जेष्ठ ३, २०८१

कोशी प्रदेश सभाको अधिवेशन आह्‍वान

काठमाडौं चैत २८,
नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा ३ बमोजिम कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आगामी वैशाख ६ गतेका लागि प्रदेश सभाको अधिवेशन आह्‍वान गरेका छन् ।  कोशी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी सदस्यहरूले चैत २६ गते गरेको लिखित अनुरोधमा प्रदेश सभाको अधिवेशन आह्‍वान गरिएको उल्लेख छ ।

सोमबार नेकपा एमालेका ३९ र नेकपा माओवादी केन्द्रका १३ जना प्रदेश सभा सदस्यले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएर प्रदेश अधिवेशनको माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए ।

गत असोज २६ गते नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्की विरुद्ध केन्द्रीय सरकामा भएको राजनीतिक समीकरण परिवर्तनपछि सरकारलाइ दिदै आएको समर्थन फिर्ता लिएसंगै प्रदेश सरकार अल्पमतमा परेको  हो ।

स्मरण रहोस, ९३ सदस्यीय प्रदेश सभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका सभामुख सहित छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना प्रदेश सभा सदस्य रहेका छन ।