बिहिबार, जेष्ठ ३, २०८१

सूचना टाँस गर्दै संसद बैठक बुधबार सम्मका लागि स्थगित

काठमाडौं चैत २७,
१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको आजको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

 यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेको हो ।

बैठक शुरु हुनासाथ कांग्रेसले सहकारी ठगि प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारवाही नभएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म बैठक चल्ननसक्ने जनाउ दिएको थियो ।