बिहिबार, जेष्ठ ३, २०८१

महानगरले मंगलबारदेखि गरिब घरपरिवार गणना कार्य आरम्भ गर्दै

तथ्यांक संकलनका लागि महानगरलाई ६ करोड रुपैयाँ

 काठमाडौं चैत २६,
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा काठमाडौं महानगरले मंगलबारदेखि गरिब घरपरिवार गणनाकार्य आरम्भ गर्ने भएको छ ।

गरिब परिवारको गणनाका लागि महानगरले महानगर अन्र्तगत १ देखि ३२ वडा भित्र २१ सुपरीवेक्षक र २ सय ९ जना गणक खटाउँदै ५ महिना भित्र तथ्यांक संकलन गर्ने तयारी गरेको गरेको हो ।

त्यस्तै गणनाको एकिन प्रारुप आएसंगै तथ्यांक प्रशोधनपछि मन्त्रालयले गरिब घरपरिवारको परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको थाहा भएको छ। साथै वितरित परिचयपत्रको आधारमा सरकारबाट प्राप्त हुँने विभिन्न सेवा सुविधा पाउने मन्त्रालय सम्वद्ध अधिकारीहरुले जनाएको
छ।
स्मरण रहोस, मन्त्रालयले तथ्यांक संकलनका लागि महानगरलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु