बिहिबार, जेष्ठ ३, २०८१

संसदीय समिति गठनको माग कायमै राख्ने काँग्रेसको निर्णय

 काठमाडौं चैत २६,

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग कायम राख्ने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आज बसेको कांग्रेसका पदाधिकारीको बैठकले गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग यथावत राख्ने निर्णय गरेको हो । आजको बैठकमा राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पद संगै निजामती कर्मचारी विधेयकलगायत विषयमा पनि छलफल भएको छ ।

त्यस्ते कांग्रेसले मंगलवार बिहान ८ बजे संसद्‌मा आफ्नो भूमिकाको प्रारुप तय गर्न संसदीय दलको बैठक बोलाएको छ । यसैबीच संसदमा प्रमुख प्रतिपक्षी दलले उठाउँदै आएको मागबारे सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री प्रचण्ड सहित प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्ने भएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु