बिहिबार, जेष्ठ ३, २०८१

बैशाख १५ को उपनिर्वाचन : आज उम्मेदवारी मनोनयन हुँदै

काठमाडौं चैत २५,
आगामी बैशाख १५ मा सम्पन्न हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि इलाम २,बझाङ १ [१] मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी मनोनयनको कार्यक्रम हुँदै छ ।

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ [१] बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

इलाम २ मा नेकपा एमालेले सुहाङ नेम्वाङ र कांग्रेसले डम्बर खड्कार रास्वपाबाट मिलन लिम्बुले उम्मेदवारी दिने भएका छन् भने माओवादीले एमालेका उम्मेदवार नेम्वाङलाई सघाउने भएको छ ।

 त्यस्ते बझाङ १ ९१० मा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्र बाट जनकबहादुर बुढा, नेकपाएस बाट दिलबहादुर सिंह र जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्रीलाइ उम्मेदवार बनाएको छ।

आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारी दर्ता र उम्मेदवारको मनोनयनपत्र दर्ता भएको सूची प्रकाशन र चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझको कार्यक्रम रहेको छ ।

त्यस्तै चैत २६ उम्मेदवारको नामावली प्रकाशन गर्ने र चैत २७ गते उम्मेदवारको नाम फिर्ता लिने कार्यतालिका रहेको रहेको जनाउँदै निर्वाचन अधिकृतको कार्यालयले सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान जनाएको छ।