बिहिबार, जेष्ठ ३, २०८१

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त

 काठमाडौं चैत २४,

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार माओवादी संसदीय दलका नेता महरालाई संविधानको धारा १६८ को २ उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन ।

नव नियुक्त मुख्यमन्त्री महरालाइ माओवादी केन्द्रसहित नेकपा एमाले, जनता समाजवादी, नागरिक उन्मुक्ति नेकपा समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ ।

यसअघि विहिवार ८७ सदस्यीय प्रदेशसभामा नयाँ सत्ता सहकार्यका लागि चार राजनीतिक दल र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएसंगै प्रदेशसभामा माओवादीका १०, एमालेका २९, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एसका एक र स्वतन्त्रका एक गरी ४८ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री महराले आइतबारसम्म सानो मन्त्रीमण्डल गठन गरेर शपथ ग्रहण गर्ने तयारी गरेको  थाहा भएको छ ।