शुक्रबार, जेष्ठ ४, २०८१

वैशाख १५ को उपनिर्वाचन: आयोगद्वारा मतदान स्थल र केन्द्र स्वीकृत

इलाम क्षेत्र नम्बर–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदातले मताधिकार प्रयोग गर्ने

काठमाडौं चैत २४,

निर्वाचन आयोगले आसन्न वैशाख १५ गते हुने उपनिर्वाचनको मतदान स्थल र केन्द्र स्वीकृत गरेको छ।  आयोगले इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा ७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र तथा बझाङको प्रदेश सभा १ क मा ७४ मतदान स्थल र ९३ मतदान केन्द्र स्वीकृत भएको जनाएके छ।

 आयोगले यसअघि विहिवार मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनको एक लाख १५ हजार आठ सय ८९ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ क मा ६१ हजार सात सय ४८ जना मतदाता कायम भएको जनाएको छ ।

 त्यस्तै निर्वाचनको कार्यतालिकाअनुसार शनिवार उम्मेदवारी मनोनयन दर्ता चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु