बिहिबार, जेष्ठ ३, २०८१

अध्यक्षको राजीनामा माग गर्दै गोरखापत्र संस्थानका कर्मचारी आन्दोलित

काठमाडौं चैत २१,
१२३ वर्ष लामो इतिहास बोकेको गोरखापत्र संस्थानका कर्मचारीहरू कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । संस्थानका राष्ट्रिय कर्मचारी संगठन–२०६३, प्रेस सेन्टर, गोरखापत्र शाखा र श्रमजीवी पत्रकार संघ, गोरखापत्र शाखाले संयुक्त रूपमा कार्यकारी अध्यक्ष सुवेदीको राजीनामा माग गर्दै आन्दोलनमा उत्रको हो ।

आन्दोलन कारीहरुले कार्यकारी अध्यक्ष सुवेदीले संस्थान प्रमुखका रूपमा संस्थाको वृहत्तर हित गर्नुपर्नेमा त्यो नगरी व्यक्तिगत स्वार्थसिद्धका लागि आर्थिक तथा प्रशासनिक अराजकता मच्चाएको, विधि प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको, सार्वजनिक खरिद ऐनविपरीत वस्तु तथा सेवा खरिद गरेर भ्रष्टाचार गरेका कारण उनको राजीनामा माग गर्दै आन्त्रलनमा उत्रुनु परेको जनाउ दिएका
छन ।

आन्दोलनको क्रममा तीन कर्मचारी संगठनको अगुवाइमा संस्थानका कर्मचारीहरूले चैत १६ गतेबाट लगातार बिहान १० बजेदेखि ११ बजेसम्म संस्थानको मूल गेटमा धर्ना दिइरहेका छन् । बिहीबार भोलिबाट भने आन्दोलनको स्वरूप परिवर्तन गरेर कार्यकारी अध्यक्षलाई प्रवेश नै निषेध गर्न लागिएको गोरखापत्र संस्थानको आधिकारिक ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन–२०६३ का अध्यक्ष विष्णुप्रसाद खनालले बताए ।

 संस्थान नेतृत्वमा असफल हुनुको साथै राजनीतिक इमानदारितासमेत नदेखाएकाले सुवेदीको राजीनामा आफ्नो ‘बटमलाइन’ भएको जिकिर सहित आन्दोलनको उद्घोष गरिएको खनालले बताए ।

त्यस्तै आन्दोलनकारीहरुले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा सरकारले नियुक्ति गरेर पठाउने र त्यस्ता व्यक्तिले समय बाँकी नै भए पनि आफूलाई सिफारिस गरी पठाउने दल सरकारबाट बाहिरिएलगत्तै राजीनामा दिएर मार्गप्रशस्त गर्ने परम्परा छ । तर ०७८ असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकारबाट नियुक्ति पाएर गोरखापत्रको नेतृत्व सम्हाल्न पुगेका सुवेदीले सो दल प्रतिपक्ष भूमिकामा पुगे पनि अहिलेसम्म राजीनामा नदिएकोमा आक्रोस समेत व्यक्त गरेका छन ।