बिहिबार, जेष्ठ ३, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज प्रदेशसभामा विश्वासको मत लिदैं

काठमाडौं चैत १९,

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय भएको प्रदेशसभाका सचिव कृष्णहरी खड्काले जानकारी दिनुभयो ।

पछिल्लो समय सत्ता समिकरण फेरबदलभएसंगै नेपाली कांग्रेसले सरकारलाइ दिदै आएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिन परेको हो ।

आजको प्रदेशसभा बैठकमाा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राखेसंगै विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

११० सदस्यी प्रदेशसभामा विस्वासको लागि ५६ सांसदको मत आवश्यक पर्छ । जसअनुसार प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसका ७ गरी ५५ मत छ  । त्यस्तै प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद सदस्य रहेका छन् भने हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।