बिहिबार, जेष्ठ ३, २०८१

एचडीयू मेडिकल उपकरण खरिदमा भष्टाचार गर्ने निर्देशक मेहता सहित ६ जना विरुद्ध मुदा दायर

प्रत्येक प्रतिवादीहरुबाट दुई करोड ८९ लाख रुपैयाँ बिगो मागदावी

काठमाडौं चैत १९,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोशी प्रादेशिक अस्पतालको प्रयोजनका लागि एचडीयू मेडिकल उपकरण खरिदमा अनियमितता गरेको कसुरमा  उपकरण खरिद मूल्याङ्‍कन समितिका संयोजक तथा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता सहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ ।

आयोगले दायर गरेको मुद्धामा स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन लेखा अधिकृत डण्डरसिंह विश्वकर्मा, खोप अधिकृत उदेशकुमार श्रेष्ठ, हस्पिटेक इन्टरनेसनलका बजार व्यवस्थापक मनोजकुमार आचार्य र बसेरा होटेलका मालिकसमेत रहेका व्यापारी विशाल पण्डित रहेका छन ।

आयोग प्रवक्ता नरहरि घिमिरे एचडीयू जडान तथा सञ्चालन गर्ने सामाग्री खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्ने पण्डितको कम्पनीलाई छनौट गर्दै सेटिङ सहित आर्थिक अनियमिता गरेको उजुरीको छानविनको क्रममा उनिहरुविरुद्ध मुदायर भएको जानकारी दिनुभएको छ।  अख्तियारले दायर मुद्धामा प्रत्येक प्रतिवादीहरुबाट दुई करोड ८९ लाख रुपैयाँ बिगो र बिगो बमोजिमको जरिवानासमेत मागदाबी गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु