बिहिबार, जेष्ठ ३, २०८१

प्रतिलिटर चार रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौं चैत १८,
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढेको छ। सोमबार बिहान एक बजेबाट लागू हुने गरी मूल्य बढाएको हो।  भारतीय आयल कर्पोरेसन[आइओसी] ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मूल्य सूची पठाएसंगै निगमले आइतबार एक विज्ञप्ति जारी गरी पेट्रोल प्रति लिटरमा चार रुपैयाँ बढाएको जानकारी दिएको छ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ७६ पैसा बढाएर पठाएको छ। डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको भाउ भने घटाएर पठाएको छ। डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रुपैयाँ ४४ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको जनाएको छ।