बिहिबार, जेष्ठ ३, २०८१

प्रतिनिधिसभा बैठकको [प्रत्यक्ष प्रसारण]

काठमाडौं चैत १८,
प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन [आइ एस ए] को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएको  छ।

त्यस्तै बैठकको अर्को कार्यसुचीमा अर्थमन्त्री वर्षमान पुनले “बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीसंगै भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएको छ ।

 साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले निर्माणमुखी सामग्री [व्यवस्थापन तथा नियमन] विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पटाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।