सोमवार, जेष्ठ ७, २०८१

म.प.बैठक: बालकुमारी घटनामा पौडेल आयोगको प्रतिवेदन अध्ययनका ऊर्जा र कानूनमन्त्रीसहितको समिति गठन

काठमाडौं फागुन १५,
आज बसेको मन्त्रिपरिषद् बैठकले बालकुमारी घटनाका सम्बन्धमा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति गठन गर्ने निर्णय गरेको छ।

समरण रहोस अछामका वीरेन्द्र शाह र महाबु, दैलेखका सुजन रावतको मृत्यु प्रकरण अर्थात बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल अध्यक्षतामा गठित आयोगले आफ्नो प्रतिवेदन सरकालाइ बुझाइसकेको छ ।

 पूर्वन्यायाधीश संयोजक रहेको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला दोषी रहेको ठहर गरेको छ । त्यस्ते उक्त प्रतिवेदन कार्यान्वयनको माग गर्दै ससद बैठकमा पछिल्लो समय अवारो समेत सिर्जना हुँदै आएको छ ।

त्यस्ते मन्त्रिपरिषद् बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रण सम्बन्धी गठित आयोगको म्याद फागुन मसान्तसम्म थप गर्ने र जाजरकोट भूकम्पबाट क्षतिग्रस्त पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभएकोछ ।

त्यस्ते बैठकको निर्णका विषयमा जानकारी दिदै उहँँले सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु हुने जय शङ्कर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख उपलब्ध गराउने , भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाललाई प्रदान गर्ने इन्टरनेशनल मेयर अवार्ड ग्रहण गर्न स्वीकृति दिने निर्णय जानकारीदिनुभयो ।